सारा शिर्पाली
२५ वर्षीया अभिनेत्री सारा शिर्पाली यतिबेला उत्साहित छिन् । मोडलिङबाट चलचित्रमा आएकी साराले छोटो समयमै दर्शकहरूको मन जितेकी छिन् । पहिलो चलचित्र रुद्रमार्फत रजतपटमा पदार्पण गर्ने सारा चलचित्र पिँजडा ब्याक अगेनमार्फत दोस्रो पटक दर्शकमाझ पुग्दैछिन् । यसपटक उनी अभिनेता निखिल उप्रेतीको जोडीका रूपमा प्रस्तुत भएकी छिन् । वास्तविक जीवनमा शान्त स्वभावकी साराले यो चलचित्रमा परिस्थितिवश कसैको प्रेमिका, श्रीमती तथा आमा बन्नु परेको भूमिकालाई स्वभाविक रूपमा निर्वाह गरेकी छिन् ।
लामो समय बेलायत बसेर स्वदेश फर्किएकी सारा सिए क्लालिफाइड हुन् । चार्टड एकाउन्टेसीको अध्ययन पूरा गरे पनि उनी यतिबेला ग्ल्यामर क्षेत्रमा रमाइरहेकी छिन् । केही विज्ञापन तथा म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी सारा चलचित्र सुश्री सम्पत्तिमा समेत अनुबन्धित भैसकेकी छिन् । ५ फिट ५ इन्च अग्ली सारा फुर्सदमा कविता लेख्छिन् अनि संगीत सुन्छिन् । पुुरानो बानेश्वर, काठमाडौंकी स्थायी बासिन्दा साराले अभिनेत्रीकै रुपमा स्थापित हुने लक्ष्य लिएकी छिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : गोदावरी भिलेज रिसोर्ट, ललितपुर
पहिरन : सुनिता श्रेष्ठ
मेकअप : बिना पाण्डे