सरस्वती श्रेष्ठ
तनहुँ जिल्लाको जामुनेमा जन्मिएकी सरस्वती श्रेष्ठको स्थायी ठेगाना व्यास नगरपालिका वडा नम्बर १० हो । अध्ययनका सिलसिलामा पोखरा बस्ने श्रेष्ठ हाल रामबजार, पोखरामा बस्छिन् । सत्यवती उच्च मावि तनहुँबाट एसएलसी उत्तिर्ण गरेकी सरस्वती पोखरास्थित सेन्टमेरिज स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।
४८ केजी तौल तथा ५ दशमलव ५ फिट अग्ली केसी १६ वर्षकी भइन् । उनमा मोडलिङमा केही गर्न सक्छु भन्ने जोस छ, तर परिवारबाट खुलेर साथ मिल्न सकेको छैन । संघर्ष गरेरै भए पनि सफल मोडल एवं कलाकारका रूपमा स्थापित भै सामाजिक कार्यमा योगदान पुर्याउने उनको लक्ष्य छ ।
सरस्वती डान्स गर्न रुचाउँछिन् । सफल मोडल हँुदै सफल कलाकार बन्ने उनको लक्ष्य छ । केही डान्स कम्पिटिसनमा भाग लिएर पुरस्कार जितेका कारण उनको आत्मबलसमेत बढेको छ । मोडलिङसँगै एयर होस्टेज बनेर आकाशमा उड्ने रहर पनि उनले बुनेकी छिन् ।
हालसम्म आफ्नो ब्वाइफ्रेन्ड नभएको सरस्वतीले बताइन् । ‘प्रपोज त आएको छ, तर मैले स्विकार गरेकी छैन’ । लभ गरेर त्यसलाई एरेन्ज विवाहमा परिणत गर्ने उनको सोच छ । भागेर त विवाह गर्दिनँ । प्यारेन्ट्सलाई भनेरै गर्ने हो —सरस्वतीले भनिन् । उनका आँखा तथा चुलबुलपनले अरुलाई सजिलै आकर्षित गर्छन् । सरस्वतीमा जोसँग पनि निर्धक्कका साथ खुलेर कुरा गर्न सक्ने खुबी छ ।
प्रस्तुति : राजाराम पौडेल
तस्बिर : सुरज श्रेष्ठ (एस टु प्रोडक्सन)
लोकेसन : मार्फा, मुस्ताङ तथा होटल पोखरा ग्रान्ड, पोखरा