टाँडी, चितवनमा जन्मिएकी सीमा श्रेष्ठ मोडलिङमा नयाँ छिन् । केही महिनाअघि काठमाडौंमा सम्पन्न नेपाल्स नेक्स्ट सुपर मोडलमा सेकेन्ड रनर्सअपको उपाधि जितेपछि उनी औपचारिक रूपमा मोडलिङमा सक्रिय भएकी हुन् । प्यासिफिक इभेन्ट्सले आयोजना गरेको उक्त प्रतियोगितामा मिस बेस्ट स्किनको शीर्षक उपाधि समेत जितेपछि सीमाले मोडलिङका लागि थुप्रै प्रस्ताव पाएकी छिन् । खासगरी म्युजिक भिडियो निर्देशकहरूको नजरमा परेकी सीमा चाँडै यही विधाबाट व्यवसायिक करियर प्रारम्भ गर्दैछिन् ।
नृत्य तथा खेलकुदमा समेत रुचि राख्ने ५ फिट ५ इन्च अग्ली सीमा कक्षा १२ की विद्यार्थी हुन् । ‘कल्चरल डान्सका विभिन्न प्रतियोगितामा विजयी भैसकेकी छु, १८ वर्षीया सीमा भन्छिन्— उनी ब्याडमिन्टन, टेबुलटेनिस तथा बास्केटबलमा पनि अब्बल छिन् । कलेजस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकी सीमा भविष्यमा खेलकुद तथा मोडलिङ दुवै विधामा सक्रिय हुने सम्भावना छ । ‘चलचित्रमा समेत रुचि छ, सीमा भन्छिन्— राम्रो चलचित्रबाट अफर आयो भने अभिनयको मैदानमा पनि आर्लन सक्छु । फुर्सदमा नृत्य गर्न रुचाउने सीमा क्याजुअल वेयरकी पारखी हुन् । आफ्नो सौन्दर्यप्रति सन्तुष्ट सीमा साथीहरूले ‘राम्री’ भनिदिँदा दंग पर्छिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
मेकअप : इच्छा कार्की/द ब्युटी बार, नक्साल
पहिरन : कमल मानन्धर
लोकेसन : इमाडोल स्विमिङ पूल, ललितपुर
मोडल स्रोत : आर एन्ड आर ग्रुप