श्रृतिका गुरुङ
पर्वत जिल्लाको दुर्लुङमा जन्मिएकी श्रृतिका गुरुङलाई बाल्यकालदेखि नै मोडलिङमा रुचि थियो । प्रवेशिका परीक्षा उत्तीर्ण भएपश्चात् उनी पोखरा आइन् । हाल पोखराको दीपमा बसोबास गर्ने श्रृतिकाको उचाइ ५ फिट ५ इन्च छ भने उनको तौल ६० केजी तथा उमेर २२ वर्ष छ । उनलाई मन पराउनेहरूको कमी छैन । गुरुङलाई प्रवेशिका परीक्षाभन्दा अघिदेखि नै प्रपोज आउन थालेको हो, जुन अहिलेसम्म पनि जारी नै छ, तर उनले स्पेसल ब्वाइफ्रेन्ड भने बनाएकी छैनन् । ‘प्रपोज त आउँछ नि, तर मैले स्वीकार गरेकी छैन,’ श्रृतिकाले बताइन् ।
उनी यतिबेला आफूलाई रेक्सपेक्ट गर्ने जिवनसाथीको खोजीमा भने छिन् । ‘मलाई रेक्सपेक्ट गर्ने, मेरो कुरा बुझ्ने लाइफ पार्टनर चाहिन्छ,’ श्रृतिकाले भनिन् । अंग प्रदर्शनप्रति उनको बुझाइ खुल्ला छ । ‘अंग प्रदर्शन गर्ने व्यक्तिलाई कम्फरटेभल हुन्छ भने केही फरक पर्दैन,’ गुरुङले भनिन्, ‘यो कुरा मानिसको बुझाइमा भर पर्छ ।’
श्रृतिकाले पोखरास्थित फिस्टेल नर्सिङ क्याम्पसबाट पिसिएल लेभलको नर्सिङ पूरा गरेकी हुन् । अध्ययनपश्चात् ६ महिना गण्डकी अस्पतालमा ‘भोलेन्टियर जब’ गरेकी श्रृतिका हाल फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा कार्यरत छिन् । नेपाल नेक्स्ट टप मोडलको फस्ट रनर्सअप तथा मिस पोखरामा वेस्ट फोटोजेनिक र वेस्ट वाक उनले जितेका पुरस्कार हुन् । उनले म्युजिक भिडियो तथा विज्ञापनहरूमा समेत मोडलिङ गरिसकेकी छिन् । श्रृतिकालाई डान्स तथा ह्यान्डिक्राफ्टमा पनि रुचि छ भने उनी मेकअप आर्टिस्टसमेत हुन् ।
प्रस्तुति: राजाराम पौडेल
तस्बिर: सुरज श्रेष्ठ, एस टु प्रोडक्सन
लोकेसन: एस टु प्रोडक्सन, नयाँबजार, पोखरा